एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
शनिबार भएको खेलमा सिटीले ब्राइटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । यस्तै केभिन डी ब्रुएन र बर्नार्डो सिल्भाले एक एक गोल गरे ।

इदिहाद स्टेडियममा खेलको दोस्रो मिनेटमा ब्रुएनले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ४२ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीको अग्रता २-० को बनाए ।
खेलको ५५ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीको अग्रता ३-० को बन्यो । त्यसपछि खेलको ७९ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ४-० को जित दिलाए ।

जितसँगै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको छ । सिटीले ४ खेलबाट १० अंक जोडेको छ । ३ खेलबाट ९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ ।
पराजित ब्राइटनले ४ खेलबाट ४ अंक जोडेको छ । ब्राइटन १६ औं स्थानमा छ ।
