• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टियु मैदानको बेहाल : पिच छोप्ने कभरमा 'प्वालै प्वाल'
विश्वास थापा
सोमबार, भदौ ९, २०७६ विश्वास थापा
टियु मैदानको बेहाल : पिच छोप्ने कभरमा 'प्वालै प्वाल'

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली महिला क्रिकेट टिम यतिबेला किर्तिपुरको टियु मैदानमा अभ्यासरत छन् ।

पहिलो पटक सागमा महिला क्रिकेट समावेश गरिएपछि महिला क्रिकेटरहरु निकै हौसिएका छन् । महिला क्रिकेटको इतिहासमा पहिलो पटक नेपालले घरेलु मैदानमा अन्तराष्ट्रिय खेल खेल्ने हुँदा पनि खेलाडीहरु थप हौसिएका छन् ।

सागका लागि नेपाली महिला टोली करिब २ साताबाट नियमित प्रशिक्षण गरिरहेका छन् । आईतबार पनि नेपाली महिला टिम मैदानमा अभ्यास गर्न व्यस्त थिए ।

प्रशिक्षणमा आएका ३५ खेलाडीहरु ५ छुट्टाछुट्टै प्रशिक्षकबाट प्रशिक्षण गरिरहेका थिए । केहि समूह ब्याटिङ गरिरहेका थिए त केहि बलिङमा व्यस्त थिए  । अर्को समूह फिल्डिङअ तल्लिन रहँदा एक समूहमा भने इन्डोरमा व्यस्त थिए ।

दिउँसोको ३ बजिसकेको थियो, टिमको अभ्यास अन्तिम समयमा पुगेको थियो । तर, एक्कासी मौषम परिवर्तन भयो ।मैदानमा पानी पर्न थाल्यो ।

पानी पर्न थालेपछि प्रशिक्षणमा व्यस्त सबै खेलाडी दौडिएर पेभिलियन पुगे । 

मैदानको हेरचाहमा दैनिक खटिने कामदारहरु पनि हतार हतार पिचको 'कभर' लिन दौडिए । ४/५ जनाको समूहमा रहेका उनीहरुले बल्ल बल्ल पिच छोप्न भ्याए ।

तर, मैदानका क्युरेक्टर मधु तामाङ भने निरास देखिन्थे । उनको निरासाको कारण थियो, पिच कभरको अवस्था । 

पानी पर्दा सधै मधुलाई चिन्ता हुन्छ, 'कतै पानी पसेर पिच त बिग्रिएन'।

किनकी पानी परेको खण्डमा मैदानको पिचलाई राम्रोसँग ढाक्ने कभर समेत टियु मैदानमा छैन । भएको पुरानो कभरले दुखले पिच छोप्ने गरिन्छ । 

'वर्षाको मौषम छ । पिचलाई ढाक्न गतिलो कभर पनि छैन,' क्युरेटर मधुले भने, 'भएको एउटा कभर पनि सय ठाउँमा प्वाल परेको छ । छोप्नु नछोप्नु उस्तै हो । सबै पिच भिज्छ । हामीले देखाउन मात्र पिच छोपेका हौँ।'

नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको कारण त्रिवि मैदानमा अपहेलित जस्तै बनेको छ । राष्ट्रिय खेलकुद परिषदले ध्यान नदिदा नेपालको एक मात्र अन्तराष्ट्रिय मैदान बेहाल छ । जसको कारण सिमित स्रोत र साधनले कामदारहरु मैदान राम्रो राख्न तल्लिन छन् ।

'क्यान हुँदा मैदानमा चाहिने सामान आउने गर्थ्यो तर अहिले नयाँ सामान आउन ठप्पै भएको छ,' मधुले दुखेसो पोखे, 'मैदान बनाउन चाहिने स्रोत र साधन नहुँदा साह्रै गार्हो परेको छ ।'

कुनै पनि क्रिकेट मैदानको पिच ढाक्न १००/१०० मिटरको कभर ३ वटा चाहिने गर्छ । तर, टियु मैदानमा भने ८०/८० मिटरको कभर मात्र रहेको छ, त्यो पनि एउटा मात्र । यस्तो कभरले पिच छोप्दा बाहिरबाट सबै पानी भित्र छिर्ने क्युरेटर मधुको भनाइ छ ।

'निकै दुख गरेर पिच तयार गरेका हुन्छौं तर एक छिन पानी पर्यो भने हाम्रो मेहनत सबै त्यहिँ पानीमा बग्छ,' मधुले थपे, 'कति दिन लगाएर पिच तयार गर्छौं तर एक छिनको पानीले पुन: सुरु देखि पिचमा काम गर्नु अवस्था हुन्छ । हाम्रो मेहनत सबै खेर जान्छ ।'

टियु मैदानमा रहेको पिच कभर सन् २०१६ मा ल्याईएको थियो । विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गतको नेपाल र नामिबियाबीचको खेलका लागि ल्याईएको कभर अहिलेसम्म प्रयोग हुँदै आएको छ । 

यस्तै क्युरेटर मधुले मैदानमा आवश्यक सामग्री उपलब्ध गराउन राखेपलाई लिखित पत्र बुझाएपनि सामग्री उपलब्ध नभएको बताए । 

'चाहिएको सबै सामान लिखित रुपमा परिषदलाई बुझाएका छौं तर अहिले सम्म केहि प्रतिक्रिया आएको छैन,' मधुले गुनासो पोख्दै भने, 'लामो घाँस काट्ने र छोटो काट्ने एक एक मेसिन छ । एकातिर काट्यो अर्को तिर घाँस पलाई हाल्छ। सबै मैदानको एकै दिन काट्न पनि सकिँदैन । सानो मेसिन भएकाले ओभर लोड हुन्छ र चाडैं बिग्रिन्छ ।' 

राष्ट्रिय खेलकुद परिषदले भने टियु मैदानका लागि आवश्यक सामग्री खरिदका लागि प्रक्रिया सुरु भईसकेको जनाएको छ । राखेपका सदस्य सैलेश कर्माचार्यले राखेपले सामग्री खरिदका लागि आवश्यक बजेट छुट्टाईसकेको र बजेट आएपछि टेण्डर प्रक्रियामा गएर खरिद गरिने बताए ।

'हामीलाई आवश्यक सामग्रीको लिस्ट आईसकेको छ ।  राखेपले बजेट छुट्टाईसकेको छ । बजेट निकासा भएपछि टेण्डरबाट सामग्री झिकाउने छौं । तर, त्यसका लागि केहि समय भने लाग्नेछ । किनकी टेण्डर लगायतका प्रक्रियाको कारण लम्बिन सक्छ,' कर्माचार्यले खेलपाटीसँग भने ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको जितले भारत सेमिफाइनलमा
नेपालको जितले भारत सेमिफाइनलमा
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
एल क्लासिकोमा बार्सिलोनाको जित
एल क्लासिकोमा बार्सिलोनाको जित
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
नेपाल एक खेलअगाबै सेमिफाइनलमा
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
सुवासको गोल, नेपाल सेमिफाइनलनजिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP