दाङ । प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा शनिबार पश्चिम नवलपरासी र रुपन्देहीले जित हासिल गरेका छन् ।
तुलसीपुर उपमहानगरस्थित बेलझुण्डी रंगशालामा भएको तेस्रो दिनको खेलमा रुपन्देही र नवलपरासीले जित हासिल गरेका हुन् ।
बिहान भएको खेलमा पश्चिम नवलपरासीले रोल्पालाई १–० गोल अन्तरले पराजित ग¥यो । २७ औं मिनेटमा नवलपरासीका विनोद केवटले विजयी गोल गरेका थिए ।
अर्को खेलमा रुपन्देहीले बर्दियालाई ३–२ ले हरायो ।
नवलपरासी ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ ।
लिग अन्तर्गत आइतबार दुई खेल हुनेछ । बिहान बाँके र रोल्पा तथा अपरान्ह बर्दिया र दाङबीच प्रतिस्पर्धा हुनेछ ।
एन्फाको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा भइरहेको प्रतियोगितामा दाङ, बाँके, बर्दिया, रुपन्देही, नवलपरासी र रोल्पा गरि ६ जिल्लाको सहभागिता छ ।
प्रतियोगिता आगामी भदौ १२ गतेसम्म चल्नेछ ।