एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पहिलो जित दर्ता गरेको छ ।
शनिबार भएको खेलमा लण्डन क्लब चेल्सीले नर्विच सिटीलाई ३–२ गोल अन्तरले हराएको हो ।
प्रशिक्षकको रुपमा चेल्सीका फ्रान्क लाम्पार्डले प्रिमियर लिगमा पहिलो जित हासिल गरेका हुन् ।
चेल्सीको जितमा टमी अब्राहमले दुई तथा मिसन माउन्टले एक गोल गरे ।
घरेलु टोली नर्विचका कान्टवेल र पुक्कीले समान एक एक गोल गरे ।
खेलमा अग्रता चेल्सीले तेस्रो मिनेटमा अब्राहमको गोलबाट लिएको थियो । त्यसको तीन मिनेटमा घरेलु टोलीको तर्फबाट कान्टवेलले बराबरी गोल फर्काए ।

१७ औ मिनेटमा माउन्टले पुन लण्डन क्लबलाई अग्रता दिलाए । ३० औ मिनेटमा पुक्कीको गोलसंगै नर्विच खेलमा फर्किएको थियो ।
६८ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अब्राहमले चेल्सीलाई स्पष्ट तीन अंक दिलाए ।

जितसंगै चेल्सी ३ खेलबाट ४ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ ।
हार ब्यहोरेको नर्विच मात्र ३ अंक सहित तालिकाको १२ औ स्थानमा छ ।