एजेन्सी । बेल्जियम क्लब एण्डरलेच्टका डिफेन्डर भिन्सेन्ट कोम्पनीले चोट बोकेका छन् ।
बेल्जियमको शीर्ष डिभिजन लिग अन्तर्गत जेन्कविरुद्धको खेलमा कोम्पनीले खुट्टाको चोट बोकेका हुन् ।
कोम्पनीले चोट बोकेको खेलमा एण्डरलेच्ट १-० गोल अन्तरले पराजित भएको छ । जेन्कलाई जित दिलाउन एमबिवाना समट्टाले निर्णायक गोल गरेका थिए ।

जेन्कको मैदानमा भएको खेलमा कोम्पनीले दाहिने खुट्टाको थाईको चोट बोकेका हुन् । जसको कारण कोम्पनी ७५ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए ।
म्यानचेस्टर सिटीका पूर्व कप्तान समेत रहेका कोम्पनीको चोटबारे भने केहि बताईएको छैन ।
बेल्जियममा ३३ वर्षीय कोम्पनीले सिजनको अन्त्यसंगै सिटी छाडेका थिए । र, कोम्पनी खेलाडी र प्रशिक्षकको भूमिकामा एण्डरलेच्ट आएका थिए ।