एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभियाले लगातार दोस्रो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा ग्रानडालाई १-० गोल अन्तरले पराजित गर्दै सेभियाले लगातार दोस्रो जित निकालेको हो ।
सेभियाको जितमा जोन जोर्डनले निर्णायक गोल गरे । सेभियालाई ३ अंक दिलाउन जोर्डनले ५२ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै सेभियाले २ खेलबाट ६ अंक जोडेको छ । र, सेभिया शीर्ष स्थानमा रहेको छ । नडाग्राको यो पहिलो हार हो । नडाग्राको २ खेलमा १ अंक रहेको छ।
ला लिगाकै अर्को खेलमा लेभान्टेले भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गरेको छ ।