काठमाडौं । प्रदेश नम्बर ५ मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगितामा बर्दियाले जित निकालेको छ ।
शुक्रबार भएको खेलमा रोल्पालाई ३-० ले पराजित गर्दै बर्दियाले जित निकालेको हो ।
दाङको तुलसीपुरको बेलझुण्डी रंगशालामा बर्दियालाई जित दिलाउन प्रकाश बिसी र मिलन थारुले एक एक गोल गरे । बर्दियाले एक गोल आत्मघाती उपहार पाएको थियो । रोल्पाका प्रदीप डिसीले आत्मघाती गोल गरेका थिए ।
नेपाल फुटबल संघ एन्फाको आयोजना तथा दाङ जिल्ला फुटबल संघको संयोजनमा भइरहेको मुख्यमन्त्री फुटबल प्रतियोगितामा दाङ, बाँके, बर्दिया, रुपन्देही, नवलपरासी र रोल्पा गरि ६ जिल्लाको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार पाउने छन् ।