एजेन्सी । युभेन्ट्सका मुख्य प्रशिक्षक माउरीजियो सार्री इटालियन सिरी 'ए' अन्तर्गत नयाँ सिजनको सुरुवाती दुई खेलमा अनुपस्थित हुने भएका छन् ।
निमोनियाले ग्रस्त भएपछि अस्पताल भर्ना भएका मुख्य प्रशिक्षक सार्रीले सिजनको सुरुवाती दुई खेल गुमाउने भएका हुन् ।चेल्सीका पूर्व प्रशिक्षक समेत रहेका ६० वर्षे सार्री सोमबार अस्पताल भर्ना भएका थिए ।
निमोनियाले ग्रस्त भएपछि सार्री सोमबार भएको ट्रीसटिनाविरुद्धको मैत्रीपूर्ण खेलमा समेत उपस्थित भएका थिएनन् ।
युभेन्ट्सले सिजनको पहिलो खेल शनिबार पर्मासँग खेल्नेछ । यस्तै अर्को साता घरेलु मैदानमा युभेन्ट्सले नापोलीको सामना गर्नेछ ।