• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टेष्ट राष्ट्रलाई 'सरप्राइज' दिन चाहान्छौं : विनोद दास
विश्वास थापा
आइतबार, भदौ १, २०७६ विश्वास थापा
टेष्ट राष्ट्रलाई 'सरप्राइज' दिन चाहान्छौं : विनोद दास

काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक विनोद दासले यू-१९ एसिया कप क्रिकेटमा टेष्ट राष्ट्रलाई हराउँदै सरप्राइज दिन चाहेको बताएका छन् ।

मुख्य प्रशिक्षक दासले श्रीलंकामा भदौ दोस्रो साताबाट आयोजना हुने एसिया कपमा टेष्ट मान्यता प्राप्त राष्ट्रहरुको सहभागिता भएपनि नेपालले कडा चुनौती दिने बताए । 

'प्रतियोगितामा टेष्ट राष्ट्रलाई सरप्राइज दिने कोसिस गर्ने छौं,' खेलपाटीसँग कुरा गर्दै प्रशिक्षक दासले भने, 'यसको सम्भव सजिलो त छैन तर हामी सक्दो प्रयास गर्ने छौं र तयार पनि छौं ।'

भदौ १५ देखि २९ गतेसम्म प्रतियोगितामा साविकको विजेता भारतसहित पाँच टेष्ट राष्ट्रको सहभागिता रहनेछ । अन्य टेष्ट राष्ट्रमा आयोजक श्रीलंका, बंगलादेश, अफगानिस्तान र पाकिस्तान रहेका छन् । यस्तै एसोसियट राष्ट्रमा नेपाल, कुवेत र युएई रहेका छन् ।

तर, नेपाली खेलाडीले आफ्नो क्षमता भन्दा माथि उठेर खेलेमा टेष्ट राष्ट्रलाई हराउँन कठिन नहुने प्रशिक्षक दासको भनाई छ  ।

'हामी आफ्नो क्षमता भन्दा माथि उठेर खेल्ने कोसिस गर्ने छौं । खेलमा  हामी जित्नका लागि खेल्छौं,' प्रशिक्षक दासले थपे,  'हाम्रो यू-१९ टिम सधैं बलियो रहँदै आएको छ । हामीले भारत देखि अफगानिस्तान जस्तो टिमलाई हराएका छौं । क्षेत्रिय प्रतियोगिता पनि जित्दै आएका छौं ।' 

सन् २०१७ को संस्करणको एसिया कपमा नेपालले भारतलाई पराजित गरेको थियो । समूह चरणको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै इतिहास रचेको थियो । कुनै पनि क्रिकेट खेलमा नेपालले भारतलाई पराजित गरेको त्यो नै पहिलो पटक हो ।

यस संस्करणमा पनि नेपालको प्रदर्शन सन्तोषजनक नै हुने प्रशिक्षक दासले बताए । नेपाली युवा टोलीले पछिल्लो समय देखाएको प्रदर्शनबाट पनि एसिया कपमा नेपालले राम्रो गर्ने दासको भनाई छ ।

'क्रिकेट पहिला जस्तो छैन, टेष्ट राष्ट्रले मात्र सँधै जित निकालोस् । क्रिकेटमा अहिले बढ्दो प्रतिस्पर्धा र उमेर समूहमा नेपाली टोलीको उत्कृष्ट प्रदर्शनले पनि यसपटक हामीले टेष्ट राष्ट्रलाई हराउने योजना बनाएका छौँ,' प्रशिक्षक दासले भने ।

यस्तै प्रशिक्षक दासले अन्य राष्ट्रको खेलाडीको मुख्य खेलाडी, टिमको कमजोरी जस्ता कुराको डाटा उपलब्ध नहुदा टिमको योजनामा केहि समस्या भएको बताए ।

'डाटा एक्सेस कम भएका कारण हामीले टिम बेस प्लानिङ गर्छौं तर व्यक्तिगत खेलाडीको डाटा नहुने भएकाले अलि समस्या परको छ,' दासले थपे । 

त्यस्तै प्रशिक्षक दासले नेपाली टिमले अहिले ब्याटिङमा केन्द्रित भएर तयारी गरिरहेको बताए ।

र, यो पनि ...

एसिया कपको सेमिफाइनल पुग्न गाह्रो छैन !

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP