• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
स्मिथको पुनरागमन !
खेलपाटी संवाददाता
बिहीबार, साउन ३०, २०७६ खेलपाटी संवाददाता
स्मिथको पुनरागमन !

मनोज घिमिरे ।

काठमाडौं । एसेस सिरिज इंग्ल्याण्डमा जारी छ । विश्व क्रिकेटको सबैभन्दा चर्चित सिरिज मध्यको एक एसेज सिरिजको पहिलो दिननै अष्ट्रेलियाका पुर्वकप्तान स्टिभ स्मिथले शतक बनाए ।

डेविड वार्नर र ब्यांकक्राफ्टको विकेटको विकेट गुमेपछि स्मिथ मैदान आएका थिए । त्यो समय अष्ट्रेलिया १७-२ को अवस्थामा थियो । जब उनी मैदान आए, इंग्ल्याण्डका समर्थकले एक प्रकारको पहेंलो कागज देखाए । खेलको दौरान चर्को स्वरमा उनको आगमनलाई गिल्ला गरियो । कारण, सन् २०१७ मा दक्षिण अफ्रिकासंग अष्ट्रेलियाले खेलेको टेष्टमा उनको नेतृत्वमा रहेको टिमले गरेको क्रियाकलाप मुख्य थियो ।

अष्ट्रेलियालाई विश्व क्रिकेटमा सबै भन्दा ‘प्यासिनेट’ क्रिकेट टिमको रुपमा हेर्ने गरिन्छ । जसले ‘स्लेजिंग’ (बिपक्षी खेलाडीको मानसिकतासँग खेल्न जिस्काउने, रिसाउन लगाउने) लाई सामान्य रुपमा लिने गर्छ । मैदानमा खेलले मात्र नभएर मानसिक रुपमा पनि बिपक्षीलाई कमजोर बनाउने अष्ट्रेलियाको बानीनै हो ।

यस्तै घटना सन् २०१८ मा पनि अष्ट्रेलियाले देखायो । दक्षिण अफ्रिकाविरुद्व टेस्ट सिरिज जित्न अष्ट्रेलियाले त्यो रुप देखाएका थियो ।

२४ मार्चमा सोही सिरिजको तेस्रो खेलमा अष्ट्रेलियाले अक्षम्य गल्ती गर्यो । जसलाई विपक्षी समर्थकले पटक पटक याद गर्नेछन् । र खेलाडीमाथि गिल्ला बर्साउनेछन् ।

सो खेलको तेस्रो दिनको लन्चपछि अष्ट्रेलियाका क्यामरुन ब्यान्क्राफ्टलाई आयोजक दक्षिण अफ्रिकाको ब्रोडकास्टरले मैदानमा राखिएको ठुलो टेलिभिजन स्क्रिनमा देखाए, जसमा उनले एक पहेंलो कागज लिएर बल रगड्दै थिए ।

उनले तिब्र गतिका बलरलाई पुरानो भएको बल रिभर्स ‘स्विंग’ गराउन सजिलो होस् भनेर त्यसो गरेका थिए । जसले गर्दा आफ्ना बलर बिपक्षीमाथि हाबी हुन् भन्ने उदेश्य राखिएको थियो । जुन क्रिकेटको नियम बिपरित मानिन्छ ।

टेलिभिजन स्क्रिनमा देखिएपछि ब्यान्क्राफ्टले आफ्नो हातमा रहेको पहेंलो कागजलाई ट्राउजरमा लुकाउने प्रयास गरे ।

यसक्रममा आइसीसीले ब्यान्क्राफ्ट र तत्कालिन कप्तान स्टिभ स्मिथलाई एक/एक खेलमा प्रतिबन्ध लगाउने निर्णय गर्यो ।

तर क्रिकेट अष्ट्रेलिया त्यसमै रोकिएन, उसले आफैले एउटा समिति बनाएर छानबिन थाल्यो । सो छानबिन टिमले स्याण्डपेपर (पहेंलो कागज) प्रयोग गर्दै बललाई बिगार्न खोजेको कारण आफ्ना मुख्य खेलाडी स्मिथ र डेविड वार्नरलाई १/१ बर्ष तथा ब्यान्क्राफ्टलाई ९ महिना अन्तराष्ट्रिय क्रिकेटबाट प्रतिबन्ध लगायो ।

आइसीसीले कुनै कारबाहीनै नगरेका डेविड वार्नरनै प्रमुख योजनाकार भएको निष्कर्श क्रिकेट अष्ट्रेलियाले निकाल्यो । कप्तान स्मिथले समेत घटनाका बारेमा आफु पुर्व जानकार रहेको स्विकारे ।

घटनापछि स्मिथले १ बर्ष अन्तराष्ट्रिय क्रिकेट खेल्न पाएनन् । सन् २०१९ मा इंग्ल्याण्डमा भएको विश्वकप अगाडीमात्र उनी टिममा परेका थिए । जहाँ उनले केही महत्वपुर्ण ईनिङ्स खेले ।

फाइनलमा बाउन्ड्रीका आधारमा आयोजक इंग्ल्याण्डले न्युजिल्यान्डलाई पराजित गर्दै उपाधी जितेको थियो । अष्ट्रेलिया भने सेमिफाइनलमा आयोजकसँग पराजित भएको थियो ।

स्मिथलाई सिमित ओभर भन्दा पनि टेस्ट क्रिकेटका महत्वपुर्ण र समकालिन पुस्ताका सबै भन्दा उत्कृष्ट खेलाडी मानिन्छ । सामान्य खेलाडीको भन्दा फरक ब्याटिङ शैली भएका स्मिथले सो घटनापछि मनपर्ने फर्म्याटको क्रिकेट खेल्न पाएनन् ।

उनलाई अर्को टेस्ट खेल्न करिब करिब १८ महिना नै कुर्नुपर्यो । तर उनी जवाफ दिन चाहन्थे, मैले टेष्ट क्रिकेट हैन, टेष्ट क्रिकेटले मलाई मिस गरेको थियो भनेर ।

सिरिजको पहिलो दिनमा उनले १ सय ४४ रनको महत्वपुर्ण ईनिङ्स खेलेका थिए ।

माथिल्लो क्रमका अन्य खेलाडी चल्न नसकेपछि अष्ट्रेलिया कुनै समय ११२-८ को स्थितीमा थियो । तर उसले अन्तिम विकेट गुमाउँदा अष्ट्रेलियाको खातामा २ सय ८४ रन थियो । २ सय १९ बलको सामाना गरका स्मिथले १६ चौका र २ छक्का हाने । उनले कुनैपनि समय विपक्षी बलरलाई आफुमाथि हाबी हुन दिएनन् ।

स्मिथलाई नवौ विकेटका लागि पिटर सिड्डेलले ८५ बलमा ४४ रन बनाउँदै ८८ रनको साझेदारी गरे । अन्तिम विकेटको लागि नाथन लायनले १२ रनमा अविजित रहँदै ७४ रनको साझेदारी निर्माण गरे।

उनी त्यसमै रोकिएनन् । इंग्ल्याण्डलले पहिलो ईनिङ्समा ३ सय ७४ रन बनाएर ९० रनको अग्रता लिएको थियो । स्मिथले पुन १ सय ४२ रनको महत्वपुर्ण ईनिङ्स खेल्दै शानदार पुनरागमनको पुष्टि गरे ।

स्मिथले टेस्ट क्रिकेटमा १ सय १९ ईनिङ्स खेल्दै ६२ दशमलव ९६ को औसतमा ६ हजार ४ सय ८५ रन बनाएका छन् । जसमा २५ शतक र २४ अर्धशतक छ । उनले डन ब्रेडमेनपछी टेस्ट क्रिकेटमा सबैभन्दा छिटो २५ शतक बनाएका छन् । उनको औसतपनि ब्रेडमेनको दोस्रो धेरै रहेको छ ।
यसलेपनि देखाउँछ, स्मिथ कत्तिको उम्दा खेलाडी हुन भनेर ।

 

 

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
भारतको बंगलादेश भ्रमण अनिश्चित
भारतको बंगलादेश भ्रमण अनिश्चित
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
महिला गोल्डकप : तीन लाख बचत, २९ लाख ७५ हजार माथि उठ्न बाँकी
स्पेन र इटाली विजयी
स्पेन र इटाली विजयी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP