काठमाडौं । घरेलु भूमिमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपाली राष्ट्रिय यू–१८ टिमले तयारी सुरु गरेको छ ।
आगामी सेप्टेम्बरमा काठमाडौंमा आयोजना हुने प्रतियोगिताको लागि नेपाली टिमले आईतबारबाट तयारी सुरु गरेको हो । प्रतियोगिता सेप्टेम्बर २० देखि २९ शसस्त्र प्रहरी बलको मैदान हल्चोकमा सुरु हुनेछ ।
साविकको विजेता समेत रहेको नेपालले ललितपुरको जावलाखेलस्थित जावलाखेल युथ क्लबको मैदानमा तयारी सुरु गरेको हो । मैदान अभाव भएपछि नेपालले जावलाखेलको मैदानमा तयारी थालेको हो ।
नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले प्रारम्भिक चरणमा ४६ खेलाडीलाई बोलाएका छन् । टिमको सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ रहेका छन् भने गोलरक्षक प्रशिक्षकमा छन्नुराम चौधरी रहेका छन् ।
पहिलो दिनको प्रशिक्षणमा खेलाडीहरुको फिटनेस परिक्षण गरिएको थियो । तर, पहिलो दिनको प्रशिक्षणमा १० खेलाडी अनुपस्थित भएका थिए ।

रोशन राना मगर, मनिष डाँगी, रेजिन माझी, श्यामु मुर्मु, सन्जु श्रेष्ठ, नितिन थापा, रोहन कार्की, रोहन थोङ, दर्शन गुरुङ र अभिषेक श्रेष्ठ पहिलो दिनको प्रशिक्षणमा थिएनन् ।
नितिन यू–२३ टिमको तयारीमा रहँदा अन्य खेलाडी भने काठमाडौं बाहिर रहेका छन् । उनीहरु केहि दिनपछि टिममा सामेल हुने प्रशिक्षक श्रेष्ठले बताए ।
‘एन्फामा मैदान व्यस्त रहेकाले तयारी जावलाखेलको मैदानमा सुरु गरेका छौं । छोटो समयमा राम्रो तयारी गर्नुछ ।’ प्रशिक्षक श्रेष्ठले भने ।
यस्तै प्रशिक्षक श्रेष्ठले एक साताको प्रशिक्षणपछि पहिलो चरणमा ३० खेलाडी छनोट गरिने बताए ।
‘हामीले पहिलो चरणको खेलाडी छनोट १० दिन भित्र गर्छाै । कुनै क्लबसँग मैत्रीपूर्ण खेल राखेर ३० खेलाडीमा झार्छाै,' प्रशिक्षक श्रेष्ठले भने, 'त्यसपछि मात्रै अन्तिम २३ खेलाडी नाम सार्वजनिक गर्नेछौं ।’ उ
नेपाल यसअघिका दुवै संस्करणको च्याम्पियन टिम हो । नेपाल घरेलु मैदानमा हुने प्रतियोगिता जित्दै ह्याट्रिक गर्ने दाउमा रहेको छ ।

प्रारम्भिक टिम :
गोलरक्षक : विशाल सुनार, रोहित कार्की, निशान खड्का, पुजन होना, आकाश रानाभाट, सुर्य अधिकारी
डिफेन्डर : बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, युवेश थापा, विश्रान्त बस्नेत, एरिक लिम्बु, एन्जल महर्जन, राजु पण्डित, विशाल राई
मिडफिल्डर : शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, रेजिन माझि, सन्जिब लामा, जया गुरुङ, मनिष थापा, कुशस पौडेल, आदित गुरुङ, श्यामु मुर्मु, सन्जु श्रेष्ठ, सम्राट सुनुवार, रोहन कार्की, मौसम सुब्बा,
स्ट्राइकर : ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, कार्लाेस वखरीया, दर्शन गुरुङ, अभिषेक श्रेष्ठ, सन्जु सेन, क्रितिस रत्न छन्जु, मनिष डाँगी












