एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब एभर्टनले युवा डिफेन्सिभ मिडफिल्डर जिन फिलिप जीबामिनलाई अनुबन्ध गरेको छ ।
एभर्टनले जर्मन क्लब मैन्जबाट फिलिपलाई २५ मिलियनमा अनुबन्ध गरेको छ । आइभरी कोष्टका मिडफिल्डर फिलिपले एभर्टनसँग ५ बर्षको सम्झौता गरेको छ ।
आइभरी कोष्टबाट ११ खेल खेलिसकेका २३ बर्षे फिलिप फ्रेन्च क्लब लेन्सबाट सन् २०१६ मा मैन्ज पुगेका थिए ।
मैन्जबाट उनले ८६ खेलमा ३ गोल गरेका थिए ।
मिडफिल्डर इद्रेस्सा गुयए फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन गएपछि एभर्टनले फिलिपलाई अनुबन्ध गरेको हो ।