काठमाडौं। स्वीडेनका अन्तर्राष्ट्रिय खेलाडी एन्थोनी एलाङ्गा नटिङ्घम फरेस्टबाट न्युक्यासल युनाइटेडमा अनुबन्धित भएका छन्।
एलाङ्गाले न्युक्यासलसँग दीर्घकालीन सम्झौता गरेका छन्। उनलाई ५५ मिलियन पाउण्डमा अनुबन्ध गरिएको हो।
२३ वर्षीय एलाङ्गाले आफ्नो करियर म्यानचेस्टर युनाइटेडबाट सुरु गरेका थिए। तर, सन् २०२३ मा १५ मिलियन पाउण्डमा नटिङ्घम फरेस्ट पुगेपछि उनले प्रिमियर लिगमा आफूलाई एक उत्कृष्ट खेलाडीका रूपमा स्थापित गरे।
गत सिजन फरेस्टका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एलाङ्गा प्रमुख थिए। फरेस्ट च्याम्पियन्स लिगको आश्चर्यजनक होडमा पुगेको थियो। तर, अन्ततः शीर्ष ५ मा पर्न चुकेको थियो। अब एलाङ्गाले च्याम्पियन्स लिगमा खेल्ने अवसर न्युक्यासलमा पाउनेछन्।