काठमाडौं। काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा सहभागी हुने हेल्प नेपाल स्पोर्ट्स क्लबलाई बिदाइ गरिएको छ।
काठमाडौंमा शनिबार एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषद् का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले खेलाडी, प्रशिक्षक र अफिसियलको बिदाइ गरेका हुन्।
प्रतियोगिता जुलाई १७ देखि २३ सम्म माल्दिभ्सको राजधानी मालेमा आयोजना हुँदैछ। हेल्प नेपाल पोखरामा सम्पन्न नवौं संस्करणको एनभिए प्रधानमन्त्री कप राष्ट्रिय पुरुष भलिबल विजेताको हैसियतले सो प्रतियोगितामा सहभागी हुन लागेको हो।
हेल्प नेपाल स्पोर्ट्स क्लबका खेलाडी :
विष्णुबहादुर क्षेत्री, सफल विक, चिरञ्जीवी खड्का, विनोदबहादुर चन्द, याम बहादुर भण्डारी, सुवास कुँवर, मनीष मानन्धर, सन्तोष राई, रवीन चन्द, रवीन नगरकोटी, उस्मान, मोहम्मद आसिफ नाभिद
अफिसियल
कोच : उत्सव खड्का, सहायक कोच : सुजन केसी
सहायक कोच : राजन कुमार उपाध्याय
टिम म्यानेजर : झम्क नारायण श्रेष्ठ
रेफ्री : विकास गुरुङ