एपीएफलाई हराउँदै भोजपुर फाइनलमा
बिहिबार, १० बैशाख २०८३खेलपाटी संवाददाता

इलाम। घरेलु टिम भोजपुर जिल्ला फुटबल संघ नवौं भोजपुर मेयर गोल्डकपको फाइनल प्रवेश गरेको छ।
डिफेन्डिङ च्याम्पियन एपीएफ एफसीलाई २–० ले हराउँदै भोजपुर फाइनल प्रवेश गरेको हो। खेलको २९औं मिनेटमा भोजपुरका दोर्जे तामाङले सुरुआती अग्रता दिलाएका थिए।
६५औं मिनेटमा सञ्जय लिम्बूले अग्रता दोब्बर बनाए । खेलको ‘प्लेयर अफ दी म्याच’ भोजपुरका दोर्जे घोषित भएका छन्। उनले नगद पाँच हजार पाए। दोस्रो सेमिफाइनलमा शुक्रबार प्लानिङ बोइज युनाइटेड र सातदोबाटो युथ क्लब खेल्ने छन्।








-1776931409919.jpeg&w=3840&q=75)


