मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

गोरखा। धार्मिक तथा ऐतिहासिक स्थललाई जोड्दै गोरखामा आगामी बैशाख १४ गते म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ।
जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजनामा र गण्डकी प्रदेश खेलकुद परिषदको सहयोगमा मनकामना मन्दिरदेखि गोरखा दरबारसम्म म्याराथन दौड सञ्चालन गर्न लागिएको हो।
प्रतियोगिताअन्तर्गत ४२ किलोमिटर म्याराथनसँगै १० किलोमिटर र ५ किलोमिटर दूरीका महिला तथा पुरुष दौडसमेत समावेश गरिनेछ। आयोजकका अनुसार गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट प्रत्येक विधामा एक–एक जना महिला र पुरुष खेलाडीको सहभागिता रहनेछ।
धार्मिक पर्यटन प्रवर्द्धन, जिल्लाका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसार तथा स्थानीय खेलाडीको क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ।
म्याराथनको रुट मनकामना मन्दिरबाट सुरु भई विभिन्न गाउँ तथा बजार क्षेत्र पार गर्दै अन्ततः गोरखकाली मन्दिर हुँदै गोरखा दरबार क्षेत्रमा पुगेर सम्पन्न हुनेछ।
म्याराथनतर्फ प्रथम हुने महिला तथा पुरुषले ५५ हजार रुपैयाँ, द्वितीयले ३० हजार र तृतीयले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने अन्य विधामा पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।






-1765118145135.jpg&w=3840&q=75)







-1776931409919.jpeg&w=3840&q=75)