शुक्रबार, ११ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. म्याराथन
Loading ad...
Bhat Bhateni Supermarket Ad

सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !

आइतबार, २१ मंसिर २०८२खेलपाटी संवाददाता
सन्तोषीको ८ महिनाभित्र ५ कीर्तिमान !
Loading ad...
mustang rice ad

काठमाडौं। विश्वकै प्रमुख म्याराथन मध्येको एक स्पेनको भ्यालेन्सिया म्याराथन २०२५ मा आइतबार नेपालकी सन्तोषी श्रेष्ठले २ मिनेट २७ सेकेण्डले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भङ्ग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। यससँगै उनले यसै वर्ष पछिल्लो ८ महिनाभित्र पाँच वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।

उनले २ घण्टा ४० मिनेट २३ सेकेण्डमा म्याराथन (४२.२ कि.मी.) पूरा गर्दै गत बैशाखमा लण्डन म्याराथन (२:४२:५०)मा बनाएको राष्ट्रिय कीर्तिमानलाई थप सुधार गरेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन (२:४६:२६) मा बनाएको राष्ट्रिय कीर्तिमान भङ्ग गरेर नयाँ कीर्तिमान बनाएकी थिइन्।

यससँगै उनी विश्वभरका ८ हजार ९ सय २१ महिला एलिट रनरहरु सहभागीता रहेको यस म्याराथनमा ८०औं स्थान हासिल गरेकी छन्।

त्यस्तै गत असोजमा सन्तोषीले दिल्ली हाफ म्याराथनमा हाफ म्याराथनको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। साथै यही कात्तिकमा साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिप, राँचीमा ५ हजार मिटर र १० हजार मिटर दौडमा पनि दुई कास्य पदकसहित राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

नेपाल युके रनको पहल र प्रवर्दनमा सन्तोषी भ्यालेन्सिया म्याराथनमा सहभागी भएकी हुन्। ग्लोबल स्पोर्ट्स कम्युनिकेसन नेदरल्याण्डको फेलोसिपमा रहेकी सन्तोषीले भ्यालेन्सिया म्याराथनका लागि त्यहीँको अन्तराष्ट्रिय प्रशिक्षकको प्रशिक्षणमा थिइन्। साथै नेपालमा उनी मिसन २०२६ अन्तर्गत पनि प्रशिक्षणमा छिन्।

सन् २०१९ मा १३ औं सागमा नेपालका लागि ऐतिहासिक रुपमा एथलेटिक्सतर्फ स्वर्ण पदक दिलाउने पहिलो नेपाली महिला खेलाडीको रुपमा इतिहास बनाएपछि सन्तोषी नेपाली एथलेटिक्समा गोल्डेन गर्लको उपनामले चिनिन्छन्।

मध्यम दूरीबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेकी सन्तोषीले १३ औं सागयता घरेलु मैदानमा सबै प्रतियोगितामा स्वर्ण पदक जित्दै आएकी छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कान्तिपुर हाफ म्याराथन आगामी वैशाख ५ गते

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

कमनवेल्थ गेम्सका गोल्डमेडलिस्ट धावक जोन नेपालगन्जमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

मनकामनादेखि गोरखा दरबारसम्म म्याराथन हुने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत