शुक्रबार, ११ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

शुक्रबार, ११ बैशाख २०८३खेलपाटी संवाददाता
इरानको सट्टा विश्वकप खेल्ला इटाली ?
Loading ad...
mustang rice ad

काठमाडौं। इटालीले १९९४ को विश्वकपअन्तर्गत रोज बाउलमा भएको फाइनलमा रोबर्टो बाज्जियोले गरेको पेनाल्टी मिसको बदला लिने मौका यसपटक पनि पाउने छैन।

चार पटकको विश्वविजेता इटाली यस वर्ष उत्तर अमेरिकामा हुने प्रतियोगितामा नै पुग्न सकेन। ६६औं वरीयतामा रहेको बोस्निया–हर्जेगोभिनासँग प्लेअफमा पेनाल्टी सुटआउटमा पराजित हुँदै इटाली बाहिरिएको हो।

यससँगै इटाली लगातार तेस्रो विश्वकपबाट बाहिरिएको छ। यसअघि २०१८ विश्वकपअघि स्वीडेनसँग र २०२२ मा नर्थ म्यासेडोनियासँग यही चरणमा हार बेहोरेको थियो।

download (69)

लगातारको असफलतासँगै अमेरिकी प्रशासनसँग सम्बन्धित एक अधिकारीले इटालीलाई आगामी विश्वकपमा इरानको सट्टा सहभागी गराउने प्रस्ताव गरेका छन्। तर, लगातार चौथोपल्ट छनोट भएको इरानले विश्वकपबाट नाम फिर्ता लिएको छैन।

मध्यपूर्वमा जारी युद्धका बाबजुद टोली अमेरिका गएर खेल्ने तयारीमा छ। फिफाले पनि जुन महिनामा लस एन्जलस र सिएटलमा हुने समूह चरणका खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार नै हुने स्पष्ट पारेको छ।

फाइनान्सियल टाइम्सका अनुसार अमेरिकी विशेष दूत पाओलो जाम्पोलीले राष्ट्रपति डोनाल्ड ट्रम्प र फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई इरानको सट्टामा इटालीलाई खेलाउने प्रस्ताव गरेका थिए।

download - 2026-04-24T062859.465

एसोसिएटेड प्रेससँगको फोन अन्तर्वार्तामा जाम्पोलीले भने,‘यो मेरो राजनीतिक अनुरोध होइन।’ उनले यो प्रस्ताव आकस्मिक योजना (कन्टिन्जेन्सी प्लान) को रूपमा गरिएको बताएका छन्। यदि अन्तिम समयमा इरान सहभागी हुन नसकेमा इटालीलाई खेलाउनुपर्ने उनको भनाइ छ।

‘यो मेरो सपना थियो,’ जाम्पोलीले भने,‘यो अनुरोध इटालियन जनता र अमेरिकी–इटालियन समुदायका लागि थियो।’ इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा गरि चार पटक विश्वकप जितेको थियो।

इरान भने सातौंपल्ट विश्वकपमा छनोट भएको हो। २०१४ मा ब्राजिलमा आयोजना भएको विश्वकपमा इटाली समूह चरणबाटै आउट हुँदा इरान १० वर्षपछि यो मञ्चमा पुनरागमन गरिरहेको थियो।

download (64)

इटालीको अन्तिम विश्वकप त्यही थियो। तर, इरान भने त्यसयता लगातार विश्वकपमा छनोट हुँदै आएको छ। तर, जाम्पोलीले भने इटालीले चारपल्ट विश्वकप जितेकाले यसपल्ट इरानको सट्टा खेलाउन उचित हुने बताएका थिए।

यद्यपि, इटालीका खेलमन्त्री आन्द्रेआ आबोदीले यस प्रस्तावको विरोध गरेका छन्। ‘पहिलो कुरा, यो सम्भव नै छैन। दोस्रो कुरा, यो राम्रो विचार पनि होइन,’ उनले भनेका छन्।

इटालियन ओलम्पिक कमिटीका अध्यक्ष लुसियानो बुओनफिग्लियोले पनि यसलाई अस्वीकार गरेका छन्। ‘मलाई अपमानित महसुस हुन्छ। विश्वकपमा जान योग्य हुनुपर्छ,’ उनले भनेका छन्। इटालीका अर्थमन्त्री जियानकार्लो जोरजेट्टीले यो प्रस्तावलाई लाजमर्दो भन्दै टिप्पणी गरेका छन्।

download (59)

इरान विश्वकपमा सबैभन्दा पहिले छनोट हुने टोलीमध्ये एक हो। इटाली भने लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको थियो। त्यसैले प्रशिक्षक र फुटबल संघका अध्यक्षले राजीनामा दिएका थिए।

जाम्पोली ट्रम्प परिवारसँग लामो समयदेखि निकट छन्। उनले सन् १९९८ मा मेलानिया ट्रम्प र डोनाल्ड ट्रम्पबीच भेट गराएका थिए। उनी सामाजिक सञ्जालमा इन्फान्टिनोसँगका भेटेका कुरा पनि पोस्ट गर्ने गर्छन्।

रोमस्थित इरानी दूतावासले जाम्पोलीको भनाइको आलोचना गर्दै भनेको छ,‘फुटबल जनताको हो, राजनीतिज्ञहरूको होइन। इटालीले आफ्नो क्षमता मैदानमा प्रमाणित गरेको हो, राजनीतिक चलखेलबाट होइन।’

download (57)

फेब्रुअरीदेखि अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि इरानको सहभागिताबारे बहस भइरहेको छ। फिफाले भने इरान पूर्वनिर्धारित तालिकाअनुसार नै खेल्ने बताएको छ र खेलहरू अन्यत्र सार्ने प्रस्ताव अस्वीकार गरेको छ।

यदि इरानले भाग नलिएमा नियमअनुसार एसियाबाट सबैभन्दा माथिल्लो स्थानमा रहेको अयोग्य टोलीले खेल्न पाउने छ। सम्भवतः संयुक्त अरब इमिरेट्स (युएई)को सम्भावना बलियो छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

जर्मन कपको फाइनलमा बायर्न र स्टुटगार्ड भिड्ने

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

इरानको सट्टा विश्वकप खेल्ला इटाली ?

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एपीएफलाई हराउँदै भोजपुर फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

एनआरटी लगातार तेस्रो पटक फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

सौराको ह्याट्रिकसँगै फेयर एफसी फाइनलमा

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

संकटालाई हराउन एपीएफलाई हम्मेहम्मे

पुलिसको सहज सुरुआत

पुलिसको सहज सुरुआत

आर्मीमाथि एपीएफ हाबी

आर्मीमाथि एपीएफ हाबी