काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका युवा विंगर माल्कोमलाई रसियन क्लब जेनिट सेन्ट पिटर्सबर्गले अनुबन्ध गरेको छ ।
बार्सिलोनाले शुक्रबार ब्राजिलियन फरवार्ड माल्कोम जेनिटमा अनुबन्ध भएको जनाएको छ । जेनिटले माल्कोमलाई ४० मिलियन युरोमा अनुबन्ध गरेको हो ।
माल्कोम एक सिजन बार्सिलोनामा बिताएर रुसी क्लब गएका हुन् । उनले बार्सिलोनाबाट २४ खेलमा ४ गोल गरेका थिए ।
बार्सिलोनाले २२ बर्षे विंगरलाई बोर्डुअक्सबाट गत सिजन अनुबन्ध गरेको थियो ।