काठमाडौं । नेपालमा आयोजना हुने तेस्रो संस्करणको दक्षिण एसियाली पुरुष यू–१८ साफ च्याम्पियनसिपका लागि नेपालले आइतबारबाट तयारी सुरु गर्ने भएको छ ।
हल्चोकस्थित एपीएफ क्लबको मैदानमा आयोजना हुने प्रतियोगिताको लागि नेपालले आइतबारबाट तयारी थाल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । सेप्टेम्बरमा हुने प्रतियोगिताको मिति भने तय भएको छैन ।
एन्फाबाट यू-१८ हेर्ने जिम्मेवारी पाएका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले यू-१८ साफको तयारी जावलाखेल युथ क्लबको मैदानमा आइतबारबाट सुरु गर्ने जानकारी दिए । यू-१८ साफका लागि एन्फाले सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ र गोलरक्षक प्रशिक्षकमा छन्नु राम चौधरीलाई चयन गरेको छ ।
एन्फाले साफ यू-१८ का लागि प्रारम्भिक चरणमा ४६ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । जसमा १० फरवार्ड, १७ मिडफिल्डर,१३ डिफेन्डर र ६ गोल किपर रहेका छन् ।
एन्फाले साफ यू-१८ का लागि गत महिना सम्पन्न ललित स्मृति यू–१८ फुटबल च्याम्पियनसिपका आधारमा खेलाडी छनोट गरेको हो । र, यसै साफ यू–१८ खेल्ने टिमले यू–१९ एएफसी च्याम्पियनसिप छनोट प्रतियोगिता खेल्ने छन् ।
यू-१८ को प्रारम्भिक चरणमा मनिष डाँगी परेका छन् । दक्षिण कोरियाको फुटबल एकेडमीबाट खेल्दै आएका मनिष पहिलो पटक नेपाली टिमको प्रशिक्षणमा परेका हुन् ।
मनिषले एन्फाले संचालन गरेको 'सी' डिभिजन लिग खालीबारी युथ क्लबबाट खेलेका थिए । खालीबारीले उपाधि जितेको थियो ।
घरेलु भूमिमा नेपाल साविकको विजेताको हैसियतले मैदान उत्रनेछ । भुटानमा दुई बर्षअघि आयोजना भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गर्दै उपाधि जितेको थियो ।
यसअघि साफले पहिलो संस्करण यू–१९ साफ आयोजना गरेको थियो । दोस्रो संस्करणमा त्यसलाई परिमार्जित गर्दै साफ यू–१८ आयोजना गरिएको हो ।
पहिलो संस्करणको साफ यू–१९ सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजना भएको थियो । उक्त प्रतियोगिता नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो ।
प्रारम्भिक टिम :

