एजेन्सी । इटालियन क्लब एसी मिलानका पूर्व कार्यकारी अधिकृत (सीईओ) मार्काे फासोनेले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो युभेन्ट्समा अनुबन्ध हुनुअघि मिलानमा आउन इच्छुक रहेको दाबी गरेका छन् ।
स्पेनिस महारथी रियल मड्रिडबाट युभेन्ट्समा १ सय १२ मिलियनमा अनुबन्ध हुनुअघि रोनाल्डोले मिलान आउन चासो देखाएको फासोनेले बताए । तर, रोनाल्डोको उच्च मूल्यको कारण मिलान पछि हटेको फासोनेले बताए ।
‘अध्यक्षले रोनाल्डो चाहन्थें तर तथ्याङ्कले हामीलाई अनुचित बनाएको थियो,’ फासोनीले भने, ‘रोनाल्डो पाएको मौकालाई मूल्याङकन गर्न तयार थिए किनकी मिलान परिचित क्लब हो र उत्साहित थिए । यद्यपि हामी कहिलेपनि आन्तरिक गणना भन्दा बाहिर गएको थिएनौं ।’
यसअघि क्लबका पूर्व स्पोर्ट्स डिरेक्टर मासिमिलियानो मिराबेलिले पनि रोनाल्डो मिलानसँग हस्ताक्षर गर्ने तयारीमा रहेको दाबी गरेका थिए ।