काठमाडौं । कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोट अन्तर्गत अष्ट्रेलियासँग नेपालले क्यानबेरास्थित जीआईओ स्टेडियममा खेल्ने भएको छ ।
अष्ट्रेलिया फुटबल फेडेरेसनले शुक्रबार नेपालसँगको घरेलु खेल राजधानी क्यानबेरामा खेलाउने निर्णय गरेको हो ।
छनोटको समूह 'बी' मा रहेको नेपालले अष्ट्रेलियासँगको अवे खेल अक्टोबर १० मा खेल्नेछ । यस्तै नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ ।
अष्ट्रेलियाले सन् २०१५ पछि पहिलो पटक क्यानबेरामा खेल्न लागेको हो । अष्ट्रेलियाले सन् २०१५ मा किर्गीस्तानविरुद्ध खेलेको थियो । जुन खेल अष्ट्रेलियाले ३-० ले जितेको थियो ।
अष्ट्रेलियाले नेपालसँगको खेलका लागि अगष्ट १३ बाट टिकट बिक्री सुरु हुने जनाएको छ ।
नेपालको समूहमा एसियाली पावर हाउस अष्ट्रेलियासँगै जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् ।