एजेन्सी । प्रि-सिजन टुर अन्तर्गतको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिडले जित निकालेको छ ।
बिहिबार भएको खेलमा एट्लेटिकोले अमेरिकी लिग मेजर लिग सकरको एमएलएस स्टार्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
अमेरिकाको ओर्नाल्डो सिटीमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन मार्कुस लोरेन्ट, जोया फिलिक्स र डिएगो कोष्टाले एक एक गोल गरे ।

एक्स्प्लोरिया स्टेडियममा खेलको ४३ औं मिनेटमा लोरेन्टले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाए । खेलको ८५ औं मिनेटमा फिलिक्सले गोल गर्दै एट्लेटिकोलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा कोष्टाले गोल गर्दै एट्लेटिकोलाई ३-० को अग्रता दिलाए ।
एमएलएस स्टार्सबाट जाल्टन इब्राहिमोबीच, वायन रुनी र बास्टीयन स्वान्सटाइगर लगायतका पूर्व स्टारहरु मैदान उत्रिएका थिए ।