एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडका कप्तान कोकेले कोलम्बियाका मिडफिल्डर जेम्स रोड्रिगेज क्लब आएमा उनलाई स्वागत गर्न आतुर रहेको बताएका छन् ।
रियल मड्रिडका मिडफिल्डर रोड्रिगेजले क्लब छाड्ने तयारी गरेपछि डर्बी क्लबका कप्तान कोकेले आफ्नो क्लबमा स्वागत गर्न तयार रहेको बताए ।
कप्तान कोकेले रोड्रिगेज मड्रिडका खेलाडी रहेको बताउँदै रियल छाडे एट्लेटिकोमा आउन सुझाब दिए ।
'उ मड्रिडका खेलाडी हुन् । उ एक महान खेलाडी हुन् । मलाई थाहा छैन यहाँ के हुन्छ भनेर । यदि उ यहाँ आउछ उसलाई स्वागत छ,' कप्तान कोकेले भने ।
गत शनिबार इन्टरनेसनल च्याम्पियन्स कपमा रियल एट्लेटिकोसँग ७-३ गोल अन्तरले पराजित भएको थियो ।