एजेन्सी । प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडले प्रि–सिजन टूरको अन्तिम खेलमा साँघुरो जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा युनाईटेडले नर्वेजियन क्लब क्रिस्टियनसन्डलाई १–० गोल अन्तरले हराएके हो । खेलको अन्तिम मिनेटमा जुवान माटाले पेनाल्टीमा गोल गरे ।

पाउल पोग्बाले उपलब्ध गराएको पासलाई लिने क्रममा माटालाई डिबक्सभित्र फल गरिएको थियो । प्राप्त पेनाल्टीमा उनले गोल गरे । साँघुरो जितसंगै युनाईटेडले विदेश भ्रमणको कार्यक्रम सकेको छ ।
बलियो टिमलाई नर्वेजियन क्लबविरुद्व मैदान उतारेपनि युनाईटेडले प्रभाव छाड्न भने सकेन । मार्कोस रासफोर्ड र डभिड डी गियालाई सुरुवातमा मैदानमा उतार्दै पोग्बालाई बेन्चमा राखिएको थियो ।

तर पोग्बा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेर प्रभाव देखाउन सफल रहे । उनी सिजनको पहिलो खेलमा चेल्सीविरुद्व सुरुवातमै रहेर मैदानमा देखिनेछन् ।

युनाईटेडले अब प्रि–सिजनको अन्तिम खेलमा एसी मिलानसंग कार्डिफमा शनिबार खेल्नेछ ।