एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानलाई खेलाडीको चोटले सताएको छ । नयाँ सिजन सुरु हुनु अघि घाईते खेलाडीको सूची थपिन थालेपछि मुख्य प्रशिक्षक जिदान खेलाडीको चोटले आत्तिएका हुन् ।
भर्खरै क्लबमा अनुबन्धित भएका फेरल्याण्ड मेन्डीले प्रि–सिजन टूरमा घुँडाको जोर्नीमा चोट बोकेका छन् । उनी अब ब्राहिम डियाज र मार्को एसेन्सियो जस्ता चोट ग्रस्त खेलाडीको सूचिमा सामेल भएका छन् ।
दुवै खेलाडी लिगामेन्टमा गम्भिर चोट लागेपछि लामो समय मैदान बाहिर रहने सम्भावना छ ।
'मलाई थाहा छैन् । कसले मार्कोलाई स्थानन्तरण गर्नेछ ।' उनले भनेका छन् ।
'हामीलाई मार्कोको चोटले निकै चिन्तित बनाएको छ । हामीसंग भएका खेलाडीलाई तयार गर्न लागिरहेका छौ । त्यसपछि हामी मड्रिड फर्कनेछौ ।' उनले थपे ।
जिदानले वेल्सका फरवार्ड ग्यारेथ वेल यसअघि चाँडै क्लबबाट बाहिरिने बताएका थिए । तर चोट ग्रस्त खेलाडीको सूची सार्वजनीक हुन थालेपछि उनले यस बिषयमा केही बोलेका छैनन् ।
रियलले अमेरिकामा शनिबारसम्म भ्रमणलाई निरन्तरता दिनेछ । उसले त्यस समय शहरी प्रतिद्वन्दी एट्लेटिको मड्रिडसंग प्रतिस्पर्धा गर्नेछ ।