काठमाडौं । ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको व्यक्तिगत विधातर्फ च्याम्पियन ब्रिगेड ब्वाईज क्लबका खेलाडीले वर्चश्व कायम गरेका छन् ।
प्रतियोगिताको पाँच विधामध्ये ३ विधामा ब्रिगेडले बाजी मारेको छ । प्रतियोगिताको उत्कृष्ट फरवार्ड ब्रिगेडका बृजेश चौधरी चुनिए । उनले प्रतियोगितामा ८ गोल गरेका थिए ।

यस्तै उत्कृष्ट मिडफिल्डरमा ब्रिगेडकै शिशिर लेखी, डिफेन्डर पुलिसका विशाल बस्नेत र गोल रक्षक आर्मीका विशाल सुनार चुनिए । उत्कृष्ट प्रशिक्षक ब्रिगेडका सुबित कार्की चुनिए ।
उत्कृष्ट हुने पाँचै विधाका खेलाडीले जनही १०/१० हजार प्राप्त गरे ।
प्रतियोगिताको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै ब्रिगेडले उपाधि जितेको थियो ।


