काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को रेफ्री कमिटीले एन्फालाई आफ्नो वार्षिक प्रतिवेदन बुझाएको छ ।
एन्फाको रेफ्री कमिटीले आइतबार एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रतिवेदन बुझाएको हो । एन्फा केन्द्रिय सदस्य तथा रेफ्री कमिटीका संयोजक रबिन्द्र नाथ कोजुले प्रतिवेदन अध्यक्ष शेर्पालाई बुझाएका थिए ।
एन्फालाई बुझाईएको प्रतिवेदनमा देश भर एन्फा रेफ्रीले खेलाएको प्रतियोगिताको विवरण रहेको छ ।
प्रतिवेदन बुझाउदै रेफ्री कमिटिका सदस्य सुरेन्द्र सिख्राकारले फिफाले नयाँ नियम ल्याएको र त्यसका लागी ट्रेनिङको वातावरण बनाउन एन्फालाई आग्रह गरे ।
'फिफाको नियम भखरै मात्रै परिवर्तन भएको छ । त्यसैले ट्रेनिङ गर्ने वातावरण मिलाईदिनु होला,' उनले भने ।
प्रतिवेदन बुझेपछि अध्यक्ष शेर्पाले फुटबलमा रेफ्रीको ठुलो भूमिका रहने तर सन्तोष जनक नभएको बताए ।
'फुटबल खेलका लागि रेफ्रीको ठुलो भुमिका हुन्छ तर सन्तोष जनक काम भएको छैन, पुर्ण भएको छैन,'शेर्पाले भने, 'मैले वैज्ञानिक तरिकाले खटनपटनको लागी निर्णय दिएको थिए । त्यो भैरहेको छैन ।'
नेपालमा हाल १२ जना फिफा रेफ्री १२ रहेका छन् । जसमा पुरुष १० रहदा महिला २ रहेको छ । यस्तै राष्ट्रिय मान्यता प्राप्त रेफ्रीहरु २० जना छन् ।