एजेन्सी । ईन्टरनेश्नल च्याम्पियन्स कपमा लण्डन क्लब आर्सनलले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा आर्सनलले ईटालियन क्लब फ्लोरेन्टिनालाई ३–० गोल अन्तरल हराएको हो ।
एडी निकेयाहकाे गोलमा आर्सनलले सुरुवातबाट खेलमा अग्रता बनाउन सफल रह्यो ।
खेलको १५ औ मिनेटमा उनै निकेयाहले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । २० बर्षिया खेलाडीकै गोलमा आर्सनलले गत बुधबार बार्यन म्युनिखलाई पराजित गर्न सफल भएको थियो ।
६५ औ मिनेटमा निकेतेहले आर्सनलको अग्रता दोब्बर पारे । ८९ औ मिनेटमा विलोले गोल गर्दै आर्सनललाई ३–० को सहज जित दिलाए । आर्सनलले प्रि–सिजनको अर्को खेलमा सहज जित निकाल्न सफल भएकाे हो ।