एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडले स्ट्राइकर रोमेलु लुकाकु अनुबन्धका लागि इटालियन इन्टर मिलानले गरेको प्रस्ताव अस्विकार गरेको छ ।
बेल्जियमका स्ट्राइकर लुकाकु अनुबन्धका लागि मिलानले ५४ मिलियन पाउण्डको प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्तावलाई युनाईटेडले अस्विकार गरेको बीबीसीले जनाएको छ ।
मिलानले आफुले अनुबन्ध गर्दाको भन्दा कम रकम दिएपछि युनाईटेडले प्रस्ताव अस्विकार गरेको हो ।
लुकाकु सन् २०१७ मा ७५ मिलियन पाउण्डमा एभर्टनबाट युनाईटेड आएका थिए ।
पछिल्लो समय लुकाकु अनुबन्ध गर्न मिलानले प्रयास गरिरहेको छ । लुकाकु पनि क्लब छाड्ने योजनामा रहेका छन् ।