एजेन्सी । प्रिमियर लिग एसिया ट्रफीमा उल्भ्सले म्यानचेष्टर सिटीलाई पराजित गरेको छ । शनिबार भएको खेलमा उल्भ्सले सिटीलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले हराएको हो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाईब्रेकरबाट गरिएको थियो ।
सिटीका डेबिड शिल्भा र गुन्डोगान गोल गर्न चुकेका थिए ।
निर्धारित समयको खेलमा सिटीले उल्भ्सलाई दबाबमा राखेपनि गोल गर्न भने सकेन । २१ औ मिनेटमा सिटीका रहिम स्टर्लिङ गोल गर्न चुकेका थिए ।