• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
किशोर डे लिग्टले रोजेको ‘बुढी महिला’
खेलपाटी संवाददाता
शनिबार, साउन ४, २०७६ खेलपाटी संवाददाता
किशोर डे लिग्टले रोजेको ‘बुढी महिला’

काठमाडौं । साँच्चै म्याथिज डे लिग्टले किन युभेन्ट्स रोजे होलान ? धेरैका लागि यो निकै कौतुहलतापूर्ण प्रश्न हो । यी डच किशोरले म्यानचेस्टर युनाइटेड रोज्न सक्थे, होइन भने बार्सिलोना पनि थियो । केही नभए पेरिस सेन्ट जर्मेन पनि थियो । हुँदा हुँदा उनको पछाडि म्यानचेस्टर सिटी पनि थियो भनियो । तर उनको नजरमा युभेन्ट्सनै ठिक लाग्यो । इटालीको टुरिनमा रहेको यो क्लबलाई ‘ओल्ड लेडी’ पनि भनिन्छ । त्यसो भनेको बुढी महिला ।
 
खासमा डे लिग्टको यो रोजाइले सम्भवतः देखाउने छ, अबको युरोपेली फुटबल सिजन कस्तो हुनेछ भनेर । सबैभन्दा युभेन्ट्सकै चर्चा गरौं न । इटालीको सबैभन्दा सफल क्लब हो, यो । यो निकै चाखलाग्दो इतिहास बोकेको क्लब हो । पछिल्लो समय यसले इटालीको घरेलु फुटबलमा कति धेरै प्रभत्व कायम गरेको छ भनेर देखाउन एउटा तथ्य नै पर्याप्त छ र यो हो, युभेन्ट्स लगातार आठ पल्टको सिरी 'ए' उपाधि विजेता । पछिल्ला आठ सिजन इटालीका अरू कुनै क्लब पनि उसको छेउछाउ पुग्न सकेको छैन् ।

उसले एकपक्षीय ढंगले नै लिग जित्दै आएको छ । यो त्यही समय हो, जति बेला इटालीको फुटबल समग्रमा ओरालो लागेको छ । विश्वकपमा सफलताको पर्याय जस्तै रहेको इटाली पछिल्लो विश्वकपमा छनोट हुन पनि सकेन् । चार पल्टको विजेता टिमको फुटबल रुसमा खुबै कमी महसुस गरिएको थियो । त्यसमाथि इटालीको घरेलु लिग पनि त्यति लोकप्रिय रहन सकेन, जति इंग्ल्यान्डको प्रिमियर लिग रह्यो, अथवा स्पेनका ला लिगा ।

Image result for de ligt juventus

यस्तोमा युभेन्ट्सलाई लागेको हुनु पर्छ, अब यो सिरी 'ए' मा मात्र बढी ध्यान दिएर हुन्न । त्यसैले गत सिजन उसले पोर्चुगाली स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गर्यो । अनि त्यसको अर्थ युभेन्ट्सको सिधा सिधा नजर युरोपेली च्याम्पियन्स लिगमा छ । अब यिनै डे लिग्टको कुरा । गत सिजनको च्याम्पियन्स लिगमा युभेन्ट्स संयोगले आयाक्सकै हातबाट रोकिएको थियो र यो डच क्लबका कप्तान अरू कोही होइन, यिनै डे लिग्ट थिए ।

युभेन्ट्सविरुद्ध दुई लेगको क्वाटरफाइनलमा निर्णाय गोल गर्ने खेलाडी पनि यिनै डे लिग्ट थिए । खेल सकेपछि रोनाल्डोले उनीसँग हात मिलाएर भनेका थिए, ‘अर्को सिजन युभेन्ट्स आउनु पर्छ है ।’ त्यति बेला डे लिग्टको अनुहारका देखिएको खुसी गज्जब थियो । उनले रोनाल्डोको प्रस्तावमा त्यति बेला के उत्तर दिए, त्यो भने बाहिर आएन । तर त्यसको सही उत्तर पनि अहिले प्राप्त भएको छ र १९ वर्षीय यी खेलाडीले आखिरमा युभेन्ट्सनै रोजे ।

जति बेला यी दुईबीच अनुबन्ध भएको थियो, त्यति बेला डे लिग्ट भन्थे, ‘रोनाल्डोले भन्नु अगाडि नै मैले युभेन्ट्स जाने मन बनाइसकेको थिएँ ।’ अहिलेको विश्व फुटबलमा कोही युवा खेलाडी सबैभन्दा उम्दा देखिएका छन् भने ती हुन्, यिनै १९ वर्षीय डे लिग्ट । उनी फरवार्ड पनि होइनन, तर उनको चर्चा उत्तिकै छ । उनी खासमा डिफेन्डर हुन्, जसले चाहिएको बेला गोल निकाल्न सक्छ, जसरी उनले आयाक्सका लागि युभेन्ट्सविरुद्ध नै कर्नरमा हेटबाट गोल गरेका थिए ।

उनका एउटा अर्को राम्रो खुबी पनि छ र त्यो हो, नेतृत्वको । आयाक्सले गत सिजन च्याम्पियन्स लिगमा तय गरेको अभुतपूर्व सेमिफाइनलसम्मको यात्रामा कप्तानी गर्ने यिनै डे लिग्ट नै थिए, त्यो पनि १८ वर्षको उमेर । फेरि उनी शारीरिक रूपमा पनि निकै नै बलिया छन् । उनको शरीर र खेल ठ्याक्कै एउटा उत्कृष्ट डिफेन्डरका लागि चाहिने जस्तै छ । एक जना डिफेन्डर जसले गोल पनि गर्न सक्छ भने त्यसको चर्को माग हुन्छ नै ।

आयाक्स आफ्नो एकेडेमीका लागि प्रसिद्ध छ । यहाँबाट एक से एक खेलाडी निस्केका छन् । युरोपेली क्लब फुटबलको इतिहासमै आफ्नै एकेडेमीका खेलाडी सबैभन्दा बढी प्रयोग गर्ने क्लब हो, आयाक्स । यसलै उत्पादन गरेको पछिल्लो अब्बल दर्जाका खेलाडीमा पर्छन, उनी । उनी चाहन्छन्, क्लब फुटबलमा उपलब्ध हुने सबै खाले उपलब्धी चुम्न पाओस । उनले यो सबै सम्भावना युभेन्ट्समै देखे र अनुबन्ध गरिहाले । दायाँ बायाँ हेर्न आवश्यता नै मानेनन् ।

Image result for de ligt

युभेन्ट्सले पनि उनलाई अनुबन्ध गर्न कुनै कन्ज्युसाइ गरेन् । युभेन्ट्सले उनलाई ८ करोड ४२ लाख डलर तिर्यो, खुसी खुसी । उनले पाँच वर्षको अनुबन्ध गरेका छन् । युभेन्ट्सले स्थानान्तरणको रकम पाँच वर्षभित्र तिर्नेछ र त्यसमा एक करोड भन्दा बढी अतिरिक्त शुल्क थप्नु पर्नेछ । यो समग्रको स्थानान्तरणले डे लिग्ट विश्वकै सबैभन्दा महँगा डिफेन्डरमा पनि परे । यसअघि लिरभपुलले अर्का डच खेलाडी भर्जिल भान डायकलाई सन् २०१८ का साउथह्याम्पटनबाट कीर्तिमान ८ करोड ४० लाख युरोमा किनेको थियो ।

युभेन्ट्सले किनेका खेलाडीमध्ये डे लिग्ट सबैभन्दा तेस्रो महँगा खेलाडी हुनेछन् । सन् २०१८ मा युभेन्ट्सले १० करोड ५० लाख युरोमा क्रिस्टियानो रोनाल्डो किनेका थिए । यस्तै सन् २०१६ मा युभेन्ट्सले गोन्जालो हिगुएनका लागि नेपोलीलाई नौ करोड युरो तिरेको थियो । निचोड के हो भने यसपल्ट युभेन्ट्स खुबै महत्वकांक्षी देखिएको छ । उसको टिमले अबको सिजन युरोपेली क्लब फुटबलको समीकरणमै फरक ल्याउने छ  त्यसको एउटा प्रमुख अस्त्र हुनेछ, यिनै डे लिग्ट । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
‘ए’ डिभिजन लिग पुसमा हुने
‘ए’ डिभिजन लिग पुसमा हुने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP