एजेन्सी । स्वीडेनका भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविच चम्किएपछि अमेरिकी लिग मेजर लिग सकर (एमएलएस) मा एलए ग्यालेक्सीले जित निकालेको छ ।
इब्राहिमोविचको उच्च प्रदर्शनमा शनिबार एलए ग्यालेक्सीले लस एन्जल्स एफसीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर एलए ग्यालेक्सीले जित निकालेको हो । एलए ग्यालेक्सीलाई जित दिलाउन इब्राहिमोविचले ह्याट्रिक गरे । लस एन्जल्सका कार्लोस भेलाले दुई गोल गरे ।
जितसँगै एलएले २१ खेलबाट ३७ अंक जोडेको छ । र, तालिकाको दोस्रो स्थानमा छ । पराजित लस एन्जल्स २१ खेलबाट ४६ अंक जोडेर शीर्ष स्थानमा छ ।
भिडियो -