एजेन्सी । ब्राजिलमा सम्पन्न कोपा अमेरिकामा अर्जेन्टिना सेमिफाइनलबाट बाहिरियो । त्यो पनि घरेलु टिम ब्राजिलसँग पराजित हुँदै ।
कोपा अमेरिका तीनै ब्राजिलले जित्यो । जसले अर्जेन्टिनालाई हराएको थियो । अर्जेन्टिना भने तेस्रो स्थानमा रह्यो ।
तर, कोपा अमेरिकाको फाइनल पुग्न नसकेपछि अर्जेन्टिना टिम र कप्तान लियोनल मेस्सीको खुबै आलोचना भयो । जुन आलोचना अझै जारी छ ।
कोपा अमेरिकामा मेस्सीले ब्राजिललाई उपाधि दिलाउन भ्रष्ट्राचार नै भएको बताएका थिए । त्यसयता उनि थप विवाद बने । कोपा अमेरिकाले उनलाई प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ । फुटबल पण्डितहरुले त उनलाई भ्रष्ट्राचारबारे माफी माग्न सुझाब समेत दिएको छ ।
कोपा अमेरिका र विविध विषयले आलोचित बनेपछि मेस्सी अहिले पीडा भुलाउन परिवारसँग छुट्टी मनाईरहेका छन् ।
स्पेनिस क्लब बार्सिलोना फर्कनु अघि मेस्सी क्यारेबियन समुन्द्री किनारमा परिवारसँग मस्ती गरिरहेका छन् । नयाँ सिजनको लागि ब्राजिल प्रि-सिजन तयारीमा रहेपनि मेस्सी भने छुट्टीमा रहेका छन् ।
तस्बिरमा हेर्नुहोस् मेस्सीको मस्ती -




