एजेन्सी । अफ्रिका कप अफ नेसन्समा च्याम्पियन टिम अल्जेरियाका मिडफिल्डर स्मेल बेनेसर सर्वोकृष्ट खेलाडी चुनिएका छन् ।
अल्जेरियालाई उपाधि दिलाउन मुख्य भूमीका खेलेका बेनेसर 'प्लेयर अफ दि टुर्नामेन्ट' बनेका हुन् ।
इजिप्टको कायरोमा शुक्रबार राती भएको फाइनलमा अल्जेरियाले सेनेगललाई १-० गोल अन्तरले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो ।

इटालियन क्लब इम्पोलीका मिडफिल्डर बेनेसर अफ्रिका कपमा सर्वोकृष्ट चुनिने दोस्रो अल्जेरियन खेलाडी हुन् । यसअघि सन् १९९० मा राबह मड्जेर सर्वोकृष्ट चुनिएका थिए ।
यस्तै नाइजेरियाका ओडिओन इघालोले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जितेका छन् । उनले प्रतियोगितामा ५ गोल गरेका थिए ।
![]()
अल्जेरियाका गोलकिपर रेइस एम'बोल्ही उत्कृष्ट गोलकिपर चुनिए।
प्रतियोगितामा सेनेगलले फेयर प्ले अवार्ड जितेको छ ।
