एजेन्सी । ईन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टेले म्यानचेष्टर युनाईटेडका फरवार्ड रोमेलु लुकाकुलाई अनुबन्धन गर्न चाहेको बताएका छन् ।
दुवै क्लब बेल्जियमका फरवार्डको बिषयलाई लिएर छलफलमा छन् । ईन्टरले लुकाकुकालागि ६० मिलियन पाउण्ड खर्च गर्न सक्ने बताएको छ । तर युनाईटेडले २६ बर्षिया फरवार्डका लागि ८० देखि ९० मिलियन पाउण्डको माग गरेको छ ।
कोन्टेले मौरो इकार्डी र रादजा निन्गगोलन आफ्नो टिममा नरहने समेत प्रष्ट पारेका छन् । सिरि ए क्लबले सिंगापुरमा युनाईटेडसंग प्रि–सिजनको खेल खेल्दैछ ।
‘उनी युनाईटेडका खेलाडी हुन् । कोन्टेले भने, यो नै बास्तविकता हो ।’ उनले भने ।
‘तपाई सबैलाई थाहा छ । मलाई उनी मन पर्छ । जब म चेल्सीको प्रशिक्षक थिए । मैले चेल्सीमा ल्याउन कोशिश गरेको थए । तर आज लुकाकु युनाईटेडका खेलाडी हुन् । यो नै बास्तविकता हो । यो नै सत्य हो ।’ उनले थपे ।
‘हामी अर्काको खेलाडीको बिषयमा कुरा गरिरहेका छौ । हामीलाई लुकाकुको बिषयमा कुरा गर्न कुनै अधिकार छैन । युनाईटेडप्रति मेरो ठुलो ईज्जत छ । मैले यस अघि भनेको थिए । म लुकाकु चाहन्छु । मलाई उनी मन पर्छ ।’ कोन्टे भन्छन् ।
युनाईटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले लुकाकुको अवस्थाको बिषयमा कुनै कुरा थाहा नभएको बताएका छन् । तर एभर्टनका पुर्व खेलाडी समेत रहेका लुकाकु चोटका कारण ईन्टरविरुद्वको खेलमा समेत उपस्थित हुने छैनन् ।