एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण क्लब फुटबलमा इन्ग्लिश क्लब लिभरपुल पराजित भएको छ । शनिबार बिहान भएको खेलमा लिभरपुल जर्मन क्लब बोरुसिया डर्टमण्डसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
नोट्रे डामे स्टेडियममा डर्टमण्डलाई जित दिलाउन पाको अल्कासर, थोमस डेलाने र जाकोब लार्सेनले एक एक गोल गरे । लिभरपुलका लागि ह्यारी विल्सन र रिहिन ब्रिउस्टरले एक एक गोल फर्काए ।

यो जितसँगै डर्टमण्डले प्रि-सिजनमा लगातार दोस्रो जित निकालेको छ ।
युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरु अघि तयारी गर्न लिभरपुल र डर्टमण्ड अमेरिका भ्रमणमा रहेका छन् ।
