एजेन्सी । डच स्टार म्याथिज डी लिग्टले ईटालियन महारथी क्लब युभेन्ट्स जोडिनुको मुख्य कारण प्रशिक्षक माउरिजियो सर्री रहेको बताएका छन् ।
डच क्लब आयाक्सका १९ बर्षिया स्टार खेलाडी माथि युरोपका ठुला क्लबले अनुबन्धनको चासो राखेका थिए । तर उनले ६७ दशमलवल ५ मिलियन पाउण्डमा ईटालियन च्याम्पियनलाई नयाँ गन्तव्यको रुपमा रोजेका छन् ।
चेल्सीका पुर्व प्रशिक्षक समेत रहेका सर्रीले लण्डन क्लबमा लोकप्रियता हासिल गर्न नसकेपछि ईटाली फर्कने निर्णय गरेका थिए ।
'उनी एक कारण हुन्, म यहाँ जोडिनुको ।' डी लिग्टले भनेका छन् ।
'मैले सर्रीसंग कुरा गरेको थिए । एक अर्कालाई चिन्नु अगाडी ।' उनले थपे ।
'मैले उनीबाट धेरै राम्रो कुरा सुने । मलाई उनको फुटबल दर्शन मन पर्यो । जसरी उनले डिफेन्सलाई तयार गर्न खोज्दैछन् ।' डी लिग्टले कारण खुलाए ।
चेल्सीमा रहदाँ सर्रीले आक्रमण लाईनलाई निकै मजबुद बनाएका थिए । तर उनले सिजनको अन्तिममा क्लब छाड्ने निर्णय गरे ।
उनले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गरेका थिए । उनको नेतृत्वमा चेल्सीले युरोपेली क्लब फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिग जितेको थियो ।