एजेन्सी । अल्जेरियाले दोस्रो पटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । शुक्रबार राति कायरोमा भएको फाईनल खेलमा सेनेगललाई १–० गोल अन्तरले हराउँदै अल्जेरियाले उपाधि उचालेको हो ।
खेलको दोस्रो मिनेटमा बगदाद बौनेदजाहले गरेको गोल अल्जेरियाको जितमा पर्याप्त बन्यो ।
सेनेगलले अहिलेसम्म प्रतियोगिताको उपाधि जितेको छैन । दोस्रो हाफमा ह्याण्ड बल भएको भन्दै सेनेगलविरुद्द अल्जेरियाले पेनाल्टीकाे अवसर पाएकाे थियाे । तर भारको मदतले रेफ्रीले निर्णय उल्टाएका थिए ।
सन् १९९० मा पहिलो उपाधि उचालेको अल्जेरिया दाेस्राे पटक च्याम्पियन बन्न सफल भएको छ ।

पहिलो पटक देशलाई उपाधि जिताउने लक्ष्यमा रहेका लिभरपुलका मिडफिल्डर साडियो माने भने यसपटक असफल रहे ।
जितपछि अल्जेरियाका प्रशिक्षक जामेल बेलमाडीले उपाधिको सबै हकदार खेलाडी भएको बताए ।

'खेलाडी बिना म केही पनि होईन् ।' उनले भने, 'म मुख्य एक ब्यक्ती हुँ । मलाई लाग्छ स्टाफहरुले खेलाडीलाई सहि बाटो देखाउन भुमिका खेले । तर उनीहरुले निर्देशनलाई सहित तरिकाले मैदानमा लागु गरे ।'