एजेन्सी । विश्व फुटबलमा सधै चर्चामा हुन्छन् - लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो । अर्जेन्टिनाका मेस्सी र पोर्चुगिज रोनाल्डो अहिलेको पुस्ताकै सर्वकालीन महान खेलाडी हुन् ।
मेस्सी र रोनाल्डोबीच सधै को उत्कृष्ट भन्नेमा विवाद रहदै आएका छन् । दुई खेलाडीबीच कीर्तिमान बनाउने होड नै चल्छ । पछिल्लो १० वर्ष विश्व फुटबलमा कहिले रोनाल्डो त कहिले मेस्सीले विविध कीर्तिमान बनाउदै आएका छन् । अन्य खेलाडी रोनाल्डो र मेस्सीको छेउछाउ पुग्नै सकेका छैनन् ।
रोनाल्डो र मेस्सी को उत्कृष्ट भन्ने विवाद रहिरहदा सर्वाधिक 'म्यान अफ दि म्याच' बन्ने खेलाडीमा भने रोनाल्डोलाई मेस्सीले जितेका छन् ।
सन् २००९ /१० देखि हालसम्म भएको खेलमा मेस्सी सर्वाधिक बढी म्यान अफ दि म्याच बनेका छन् । मेस्सीले २ सय ३९ पटक म्यान अफ दि म्याच पाएका छन् । रोनाल्डोले भने १ सय ४० पटक म्यान अफ दि म्याच बनेका छन् ।
सर्वाधिक म्यान अफ दि म्याच बनेका पाँच खेलाडीहरु :
१. लियोनल मेस्सी - २३९
२. क्रिस्टियानो रोनाल्डो - १४०
३. इडेन हजार्ड - ९१
४. ज्लाटन इब्राहिमोबीच - ८५
५. लुइस स्वारेज - ६२