एजेन्सी । इन्ग्लिश क्लब चेल्सी अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।
शुक्रबार भएको खेलमा चेल्सी जापानिज क्लब कावासाकी फ्रोन्टालेसँग १-० गोल अन्तरले पराजित भएको हो ।
नयाँ सिजन सुरु अघि प्रि-सिजन तयारीका लागि जापानमा रहेको चेल्सी जापानको शीर्ष डिभिजनको जे लिग क्लबसँग पराजित भएको हो ।

कावासाकीलाई जित दिलाउन लीन्ड्रो डामिओले निर्णायक गोल गरे । उनले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए ।
योसँगै नवनियुक्त प्रशिक्षक फ्रान्क लाम्पार्डको नेतृत्वमा चेल्सीले प्रि सिजनमा पहिलो हार व्यहोरेको छ ।
अब चेल्सीले मंगलबार बार्सिलोनासँग खेल्नेछ ।
