एजेन्सी । ब्राजिलियन फरवार्ड नेयमारले रियल मड्रिडका डिफेन्डर सर्जियो रामोस फुटबलमा उत्कृष्ट प्रतिद्वन्दी भएको बताएका छन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमारले रामोस विश्व फुटबलमा उत्कृष्ट डिफेन्डर भएको र रामोसविरुद्ध खेल्न निकै कठिन हुने बताए ।
'मैले सामना गरेको उत्कृष्ट खेलाडी सर्जियो रामोस हो । किनकी उनि उत्कृष्ट सेन्टर डिफेन्डर हुन्,' नेयमारले भने, 'रामोसविरुद्ध खेल्न निकै कठिन हुन्छ ।'
स्पेनिस क्लब बार्सिलोनामा रहदा नेयमारले रियलका कप्तान रामोसविरुद्ध प्रतिस्पर्धा गरेका थिए ।
२७ बर्षिय नेयमारले चार सिजन बार्सिलोनामा बिताएका थिए । नेयमार सन् २०१७ मा कीर्तिमानी मूल्य १ सय ९९ मिलियन पाउण्डमा पीएसजी आएका थिए ।
तर, पछिल्लो समय नेयमार बार्सिलोना फर्कने हल्ला चलिरहेको छ ।