एजेन्सी । लिभरपुलका कप्तान जोर्डन हेन्डरसनले युरोपियन च्याम्पियन क्लब धेरै मुख्य उपाधि जितेर ईतिहास बनाउन दृढ रहेको बताएका छन् ।
लिभरपुल अहिले प्रि–सिजनको तयारीमा अमेरिकामा रहेको छ । उसले आगामी आईतबार बोरुसिया डर्टमण्डसंग खेल्दैछ ।
हेन्डसनले क्लब ईतिहासमा युरोपियन कपको उपाधि ६ पटक हात पारेपछि खेलाडीमा धेरै उपाधिको भोक रहेको खुलाए ।

‘यसले सफलताको स्वाद चखाएको छ । हामी त्यो भन्दा बढी चाहन्छौ ।’ उनले भनेका छन् ।
‘हामीले मुख्य उपाधि जित्न सक्छौ भन्ने देखाएका छौ । र हामी क्लबमा अझ धेरै ईतिहास बनाउन चाहन्छौ । हामी त्यो सफलता हासिल गर्नमा आत्मविश्वासी समेत छौ ।’ उनले थपे ।
च्याम्पियन्स लिगको उपाधि उचालेको दुई महिनामा लिभरपुलले कम्युनिटी शिल्डको उपाधिका लागि म्यानचेष्टर सिटीसंग अगष्ट ४ मा खेल्दैछ ।
लिभरपुलका पहिलो रोजाईका मुख्य तीन खेलाडी अमेरिकाको भ्रमणमा छैनन् । मोहमद सालाह, साडियो माने र रोबर्टो फिर्मिन्होले अमेरिका भ्रमणमा अनुपस्थित छन् । माने रहेको सेनेगलले शुक्रबार अफ्रिकन नेसन्स कपको फाईनल खेल्दैछ ।

‘हामीले पछिल्ला केही बर्षमा देखाएका छौ, हामी सधै केही राम्रो गर्न सक्छौ । हामी यो बाटोमा निरन्तर अघि बढ्न सक्छौ ।’ उनले भने ।
च्याम्पियन्स लिग र प्रिमियर लिगमा हासिल गरेको अनुभव नयाँ सिजनमा काम लाग्ने हेन्डरसनको भनाई छ ।
‘हामी सबै प्रतियोगितामा सबै खेलमा प्रतिस्पर्धा गर्न सक्षम छौ । प्रशिक्षकले केही खेलाडी ल्याउन चाहेका छन् । तर त्यो नभएपनि हामीसंग राम्रो खेलाडीको टिम छ । जो भोको छ, जसले हामीलाई सही बाटोमा राख्नेछ ।’ उनले भने ।
‘हामीले प्रशिक्षकबाट धेरै कुरा सिकिरहेका छौ । र निश्चित छु । यदी हामीले गर्यौ भने भविष्यमा अझ राम्रो कथाहरु हामी भन्न सक्छौ ।’ उनले थपे ।