काठमाडौं । सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्न नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले मलेसियामा रहेको छ ।
प्रतियोगिताको लागि नेपालले मलेसियामा अन्तिम तयारी गरिरहेको छ । नेपालले मंगलबार पनि मलेसियामा अभ्यास गरेको छ ।
नेपालले घरेलु टोलीसँगको दुई खेलको टी-ट्वान्टी क्रिकेट सिरिज समेत क्लिन स्विप गरेको थियो । नेपाली टोली मलेसियाबाटै सिंगापुर प्रस्थान गर्नेछ।
सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुदैछ ।
एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले पहिलो खेल कतारसँग खेल्नेछ ।
नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
नेपालको अन्तिम तयारी तस्बिरमा हेर्नुहोस् ।
तस्बिर : रमण शिवाकोटी





































