एजेन्सी । विश्व फुटबलको क्लब वरियतामा इन्ग्लिश क्लब म्यानचेस्टर सिटी शीर्ष स्थानमा रहन सफल भएको छ ।
फाइभथर्टीएट डटकमले सार्वजनिक गरेको वरियतामा सिटी शीर्ष स्थानमा रहेको हो ।
यस्तै वरियताको दोस्रो स्थानमा जर्मन क्लब वायर्न म्युनिख रहेको छ । त्यस्तै इन्ग्लिश क्लब लिभरपुल तेस्रो, स्पेनिस क्लब बार्सिलोना चौंथो र इन्ग्लिश क्लब चेल्सी पाँचौं स्थानमा रहेका छन् ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छैटौं, स्पेनिस क्लब रियल मड्रिड सातौं, स्पेनिस एट्लेटिको मड्रिड आठौं,ग्रिसको ओलम्पिकास नवौं र डच क्लब आयाक्स दशौँ स्थानमा रहेका छन् ।
इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेड ३४, आर्सनल २८ , टोटेनहम १२ र युभेन्ट्स १५ औं स्थानमा रहेका छन् ।
हेर्नुहोस् लिस्ट : वरियता