एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब आर्सनलले प्रि–सिजन भ्रमणका लागि टिमको घोषणा गरेको छ ।
आर्सनलले आइतबार अमेरिका भ्रमणको लागि २९ सदस्सीय टोलीको घोषणा गरेको हो । आर्सनलले अमेरिका भ्रमण दौरान इन्टरनेशनल च्याम्पियन्स कप खेल्नेछ ।
इन्टरनेशनल च्याम्पियन्स कपमा आर्सनलसँगै रियल मड्रिड, वायर्न म्युनिख र फियोरेन्टिना रहेका छन् ।
आर्सनलले १७ जुलाईमा वायर्न म्युनिखको सामना गर्नेछ । यस्तै, २० जुलाईमा फियोरेन्टिना र २३ जुलाईमा रियल मड्रिडको सामना गर्नेछ ।
आर्सनल टिम :
गोलकिपर : बेर्ण्ड लिनो, इमिलियानो मार्टिनेज, मात मासी
डिफेन्डर : हेक्टर बर्लिन, कार्ल जेन्किन्सन, कलम चाम्बर्स, सोक्रेटस, मुस्ताफी, रोब होल्डिङ, कोस्टानटिनोस, चेक मेडली, नाचो मोनरियल,सिड कोलासिनाच, डोमिनिक थोम्प्सन
मिडफिल्डर : मैटलाण्ड निल्स, जोए विल्लोक,ग्रानिट जाका, रोब्बी बुर्टोन, हेनरिख मिखीटेरियन, मेसुट ओजिल, स्मिथ रोवे
फरवार्ड: जेम्स ओल्यिनका, रेइस्स नेल्सन, गाब्रियल मार्टिनल्ली, बुकायो साका, एम्रिक आबुमियाङ, एलेक्सजेन्ड्र लाकाजेट्स, एडी एनकितिहा, ट्यारीसे जोन जुलेस