एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले प्रि सिजनको दोस्रो मैत्रीपुर्ण खेलमा समेत जित निकालेको छ ।
आईतबार राति भएको खेलमा लिभरपुलले लिग टू क्लब ब्राडफोर्ड सिटीलाई ३–१ गोल अन्तरले हराएको हो ।
लिभरपुलको जितमा जेम्स मिल्नरले दुई तथा ह्यिन ब्रेस्टरले एक गोल गरे ।
ब्राडफोर्डका डोयलले एक गोल फर्काए ।
खेलमा अग्रता लिभरपुलले मिल्नरको गोलबाट खेलको १३ औ मिनेटमा लिएको थियो । त्यसको दुई मिनेटपछि पेनाल्टीमा गोल गर्दै मिल्नरले लिभरपुललाई २–० को स्थितीमा पुर्याए ।
४१ औ मिनेटमा ब्रेस्टरले लिभरपुललाई ३–० को स्थितीमा ल्याए ।
८१ औ मिनेटमा डोयलले पेनाल्टीमा सान्त्वना गोल फर्काए ।
प्रि–सिजनको पहिलो खेलमा लिभरपुलले ट्रान्मेरे रोभर्सलाई ६–० गोल अन्तरले हराएको थियो ।