एजेन्सी । रियाद महरेजको फ्रिकिकमा अल्जेरिया अफ्रिका कप अफ नेसन्सको फाईनलमा प्रवेश गरेको छ ।
खेलको अन्तिम समयमा म्यानचेष्टर सिटीका फरवार्ड महरेजले गोल गरेपछि अल्जेरियाले सेमिफाईनलको खेलमा नाईजेरियालाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४० औ मिनेटमा विलियम ट्रोस्ट इकोङ्गको आत्मघाति गोलबाट अल्जेरियाले अग्रता बनाएको थियो ।
७२ औ मिनेटमा ओडियन इग्लुले पेनाल्टीमा गोल गर्दै नाईजेरियालाई खेलमा फर्काएका थिए ।
तर बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा महरेजले फ्रिकिक मार्फत गोल गर्न सफल रहे ।

अल्जेरियाले अब उपाधिका लागि सेनेगलसंग प्रतिस्पर्धा गर्नेछ । सेनेगलले ट्युनेसियालाई हराउँदै फाईनल प्रवेश गरेको हो ।