एजेन्सी । फ्रेन्च फरवार्ड एन्टोनी ग्रिजम्यानले बार्सिलोनामा १७ नम्बरको जर्सी लगाउने भएका छन् ।
बार्सिलोनाले आइतबार ग्रिजम्यानले लागाउने जर्सी सार्वजनिक गरेको छ । र, उनलाई क्लबले १७ नम्बरको जर्सी दिएको छ ।
बार्सिलोनाले शुक्रबार एट्लेटिको मड्रिडबाट ग्रिजम्यानलाई बार्सिलोनाले १ सय २० मिलियन युरोमा अनुबन्धन गरेको हो ।
२८ बर्षका विश्वकप विजेता टोलीका सदस्य ग्रिजम्यानले क्लबसंग ५ बर्षको सम्झौता गरेका छन् ।
ग्रिजम्यान सन् २०१४ मा रियल सोसिडाडबाट एट्लेटिको मड्रिड गएका थिए । उनले २ सय ५६ खेलमा १ सय ३३ गोल गरेका थिए ।
उनले एट्लेटिकोसंग सन् २०१८ मा क्लबसंग ५ बर्षको सम्झौता गरेका थिए । तर उनले समरमा क्लब छाड्ने घोषणा गरेका हुन् ।