काठमाडौं । वाइल्ड स्पोर्ट्सले काठमाडौं जिल्ला लिग फुटबलको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा फर्पिङ स्पोर्ट्स डेभलपमेन्ट क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै वाइल्ड च्याम्पियन बनेको हो ।
खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
उपाधिसँगै वाइल्डले १५ हजार प्राप्त गर्दा फर्पिङले ७ हजार ५ सय प्राप्त गर्यो ।
प्रतियोगितामा उत्कृष्ट किपर वाइल्डका सुसान्त महत, डिफेन्डर सानो गौचरणका संजय राना,मिडफिल्डरमा फर्पिङका कमल केसी, फरवार्डमा वाइल्डका सुवास गुरुङ र उत्कृष्ट प्रशिक्षक वाइल्डका अलिग तामाङ चुनिए ।
काठमाडौं जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा ११ क्लबले प्रतिस्पर्धा गरेका थिए ।